दफा ४८
प्रस्तुतीकरणमा ढिलार्ई भएको नमानिने
धारकको आफ्नो बदनियत, लापरवाही वा गल्तीबाट ढिला भएकोमा बाहेक निजको आफ्नो काबू बाहिरको परिस्थितिले गर्र्दा स्वीकृति वा भुक्तानीको लागि प्रस्तुत गर्न ढिला हुन गएकोमा ढिलो भएको मानिने छैन । तर सो परिस्थिति बितिसकेपछि मनासिब समयभित्र विनिमेय अधिकारपत्र स्वीकृति वा भुक्तानीको लागि प्रस्तुत गर्नुपर्नेछ ।